एशियामा आतंकवाद विरुद्द जापानले युएन र एनजिओसंग सहकार्य गर्ने

जापान । दक्षिण एशियामा हिंसात्मक गतिविधिहरुलाई कम गर्ने विषयमा जापानले युरोपियन युनियन लगायत गैरसरकारी संस्थाहरुसंग काम गर्ने योजना बनाएको छ ।

सन् २०२० मा टोकियोमा आयोजना हुने ओलम्पिक तथा प्याराओलम्पिक खेल पूर्व सन्ध्यामा जापानले त्यो योजना पनि बनाएको हो । त्यो योजना अनुसार व्यापार र शिक्षा क्षेत्रमा काम गर्ने युवाहरु तथा महिलाहरुमा रहेको गरिवीको समस्यालाई निराकरण गर्न सघाउ पुर्याउने जनाईएको छ

इस्लामिक अतिवादी संगठन आईएसको हिंसाको प्रतक्ष्य प्रभाव बनेका इन्डोनेसिया तथा बंगलादेश लगायतका मुलुकहरुमा हिंसा विरुद्द आवाज उठाउने योजना अन्तर्गतको सुरुवाती काम हुने बताईएको छ ।

त्यसको सहयोगको लागि आवाश्यक केहि रकम जापानी प्रधानमन्त्री सिन्जु आवेले सदनको बैठकबाट पारित गरिसकेका छन् ।

त्यस्तै जापानको मिएमा आयोजित ग्रुप सेभेन अन्तर्गतका नेताहरुको बैठकमा दक्षिण एशियामा फैलाउन खोजिएको आतंकवाद विरुद्द सबै एकजुट अनुरोध समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?