जापानमा पनि गठन भयाे ‘विश्व नेपाली युवा संजाल’ संगठन

जापान ।अध्ययन,पेशा तथा व्यवसायको शिलशिलामा जापानमा बस्दै आएका नेपालीहरुविच जनसम्पर्क बढाउने ,जापानमा आएका नयाँ विद्यार्थीहरुलाई  रोजगारीको अवसर तथा बसोबासको व्यवस्था मिलाउने  एवम विभिन्न समस्यामा रहेका नेपाली नागरिकहरुलार्इ आर्थिक सहयोग गर्ने हेतुले विश्व नेपाली युवा संजाल जापानमा पनि गठन भएको छ ।

विश्वव्यापी रुपमा विस्तार हुदै आएको संगठन ‘विश्व नेपाली युवा संजाल’  जापानको नागोयामा जापान शाखाकाे रूपमा गठन भएको हो ।

नेपालको ग्रामिण क्षेत्रमा रहेका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि पुस्तकलयको व्यवस्थाका गर्नुका साथै पठनपाठनको लागि आवश्यक सामाग्री उपलव्ध गराउने उदेश्य बोकेको संगठनले विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने बताएको छ ।

‘हामी हाम्रै लागि’ नारा बोकेको संगठनले जापानमा मानसिक तनाव, अनिन्द्रा, तथा दीर्घकालिन र रोगको कारण समस्यामा परेका नेपालीहरुको उपचारमा सहयोग पुर्याउने बताएको छ ।

साथै संगठनले नेपालमा रहेका विपन्न तथा अनाथ बालबालिकाको उपचार तथा शैक्षिक अभिवृद्धिको लागि सहयोग पुर्याउने योजना बानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?