जापान । जापानी प्रहरी तथा दमकल कर्मीहरुले जापानको निगाता प्रान्तमा विहीबार लागेको आगलाागीको कारणबारे घटनास्थलमा अनुसन्धान गर्ने बताएका छन् ।

विहीबार विहान ईतोइगावा शहरस्थित चाईनिज रेष्टुरेण्टबाट सुरु भएको आगलागीका कारण करिब १ सय ५० भवनहरु जलेर नष्ट भएका थिए ।
घटनामा परि ६ दमकल कर्मी सहित अन्य दुई नागरिक गम्भिर घाईते भएका छन् ।
निगाता अधिकारीहरुले आगोले शहरको करिब ४० हजार वर्ग मिटर क्षेत्र नष्ट पारेको बताएका छन् ।
सो स्थानमा बसोबास गर्ने करिब ३ सय ६३ परिवारका ७ सय ४४ नागरिकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।