जापान । जापानको स्वास्थ्य मन्त्रालयले जापानमा याे वर्ष १० लाख भन्दा कम शिशुको जन्म भएको बताएको छ । मन्त्रालयले जापानमा सन १८९९ मा सुरू भएकाे सर्वेक्षण पश्चात याे जनसंख्या सबैभन्दा न्युनतम भएकाे जानकारी दिएकाे छ ।

मन्त्रालयले जापानमा याे वर्ष करिब ९ लाख ८१ हजार शिशुको जन्म भएको जानकारी दिएकाे छ ।
जापानमा यस वर्ष करिब १३ लाख मानिसको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकाे सर्वेक्षण अनुरूप जापानको जनसंख्या दश वर्षदेखि लगातार घटिरहेको देखिएको छ ।
स्वास्थमन्त्री यासुहिसा शिओजाकिले जनसंख्याको घट्दोदरलाई रोक्नको लागि जापान सरकारले कार्यशैलीमा सुधार ल्याउने बताएका छन् । साथै उनले बालबच्चाको स्याहारका लागि आवश्यक सुविधा उपलव्ध गराउने बताएका छन् ।