जापानी प्रधानमन्त्री आबे अर्को महिना फिलिपिन्स जाने, यस्तो छ भ्रमण तालिका

मनिला । जापानी प्रधानमन्त्री सिन्जो अबे अर्को महिना फिलिपिन्सको भ्रमण गर्ने भएका छन् । फिलिपिन्सिको कूटनीतिक स्रोतले जनाएअनुसार उहाँ अर्को महिना दुईदिने औपचारिक भ्रमणका लागि फिलिपिन्स आउन लागेका हुन् ।

उक्त स्रोतले जनाएअनुसार आगामी महिना जनवरी १२ र १३ दुई दिनसम्म उहाँ फिलिपिन्सको मनिला र दाभाओ सहर आउन लागेका हुन् । दाभाओ फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको गृहनगर हो ।

उनप्सँग जापानी व्यापारिक प्रतिनिधिमण्डल पनि रहने जनाइएको छ । सो भ्रमणका क्रममा उनले फिलिपिन्सका राष्ट्रपति एवम् अन्य उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय वार्ता गर्ने जनाइएको छ ।

उनीहरूबीच दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध कसरी विकास गर्ने भन्ने बारेमा पनि कुराकानी हुने जनाइएको छ ।

साथै भ्रमणका क्रममा केही लगानी र व्यापारिक साझेदारीका विषयमा पनि सम्झौता हुने जानकारी दिइएको छ ।

फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले गएको अक्टोबर महिनामा जापानको तीनदिने भ्रमण गरेका थिए । त्यसपछि हुन लागेको जापानी प्रधानमन्त्रीको यो नै पहिलो भ्रमण हो ।

जापान र फिलिपिन्सबीच विगत लामो समयदेखि व्यापारिक साझोदारी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?