हाइजिमा युथ क्लबको आयोजनामा “First Himalayan Gold Cup 2017” फुटसल प्रतियोगिता हुदै

टोकियो ।  हाइजिमा युथ क्लबको आयोजनामा आगामी फेव्रुअरी महिनामा “First Himalayan Gold Cup 2017” फुटसल प्रतियोगिता हुने भएको छ । फुटवल फर युनिटी भन्ने नाराका साथ हुन लागेको फष्ट हिमालय गोल्डकप प्रतियोगिताको संयोजन युबी अधिकारीले गरेका छन् ।

यद्यपी प्रतियोगिताको समय र स्थान भने अहिले सम्म आयोजक समितिले  तय गरिनसकेको जानकारी दिएको छ । क्लवको छलफल पछि छिट्टै प्रतियोगिताको मिति र समय सार्वजनिक गरिने क्लबका अध्यक्ष अखिल तामाङले जानकारी दिएका छन् ।

अध्ययनका शिलशिलामा जापान बसेका नेपाली विद्यार्थीहरुको संगठित हाइजिमा युथ कलब फुटवल प्रतियोगितामा सहभागीता जनाउन इच्छुकहरुलाई क्लवमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । स्थापनाकाल देखि नै खेलकुदको क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको यो क्लवले सामाजीक काममा सहयोगी भूमिका निभाउँदै आएको छ । वार्षिक कार्यक्रमको तयारीको लागि बसेको क्लवको बैठकमा फुटवल प्रतियोगितामा संस्थाको राम्रो सहभागीता गराउन र जापानमा रहेका सम्पुर्न खेलकुद प्रेमी साथीहरुलाई एकजुट गराउने लक्ष्य सहित फुटवल प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव मनोज श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?