जापानमा अध्ययनरत डा. घिमिरेको नयाँ पुस्तक अन्तराष्ट्रिय बजारमा

 

नेपालमा पर्यटनको सम्भावनालाई समेटेर पर्यटनविद डा. हिमलाल घिमिरेले “पर्यटनमा अनिश्चितता (अनसर्टिनिटी इन टूरिज़म)” नामको पुस्तक भर्खरैमात्र जर्मनीबाट प्रकाशित गरेका छन् ।

पुस्तकमा नेपालको पर्यटन क्षेत्रको बारेमा अन्तराष्ट्रिय बजारमा  प्रचार- प्रसार हुन नसक्दा नेपाली पर्यटन उद्योग फस्टाउन नसकेको र यसबाट नेपालले फाईदा लिन नसकेको कुरामा प्रस्ट खुलाईएको छ ।

ल्यामबर्ट एक्याडेमिक पब्लिसिंगले प्रकाशन गरेको उक्त पुस्तकले नेपालको पर्यटनको बारेमा संसारभर परिचित गराउन सहयोग पुऱ्याउने कुरा डा. घिमिरेले बताएका छन्।

लुम्बिनी र पर्यटनको बिषयमा विद्यावारिधि गरेका र पर्यटन सम्बन्धी १०० औ लेख प्रकाशित गर्नु भएका डा.घिमिरे हाल जापानमा “बौद्ध पर्यटन: लुम्बिनी र जापानको शिकोकू (८८ बौद्ध मंदिरहरुको परिक्रमा)” बिषयमा पोस्टडक्टोरल अध्यन गर्दैछन् ।

हिजो मात्र डा.घिमिरेले सो अध्ययनको बारेमा नानजन युनिभर्सिटी, नागोयामा प्रिजेन्टेसन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?