जापानकाे निगाता प्रान्तमा अागलागी,१ सय ४० घर जलेर नष्ट

जापान । जापानको निगाता प्रान्त स्थित इतोइगावा शहरमा  दिउसो ३.३० बजे एक चाईनिज रेष्टुरेण्टबाट सुरु भएको आगलागीका कारण करिब १४० घर जलेर नष्ट भएका छन् ।

आगलागीमा परि दुई मानिस गम्भिर घाईते भएका छन् । एकै नाशको हावा चलिरहेको कारण आगो फैलदै गएकोले स्थितीलाई नियन्त्रणमा लिन कठिन भैरहेको जानकारीमा अाएकाे छ।

आगलागीबाट हाल सम्म कति धनजनको नष्ट भयो भन्ने एकिन तथ्याङ्क आउन सकेको छैन ।

निगाताका गभर्नरले आगलागीलार्इ यथासक्य चाँडो नियन्त्रणमा लिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?