बन्ने भयो सीतापाइला–नौबिसे सुरुङमार्ग, जापान सरकारले १५ अर्ब २८ करोड सहुलियत ऋण दिने

काठमाडौं ।  सीतापाइला–नौबिसे सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १५ अर्ब २८ करोड सहुलियत पूर्ण ऋण उपलब्ध गराउने भएको छ । सुरुङ मार्ग निर्माणका लागि नेपाल र जापानबीच ऋण सम्झौता भएको छ ।

राजधानी प्रवेश गर्ने मुख्य नाकामा बन्ने बहुचर्चित सुरुङमार्ग बनाउन जापान सरकारले दिने १५ अर्ब २८ करोड सहुलियत पूर्ण ऋण दिने सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो ।
अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका हुन् ।

बिहीबार सम्झौतामा हस्ताक्षर भए लगत्तै जापानी सहयोग नियोग जाइका र अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायत समन्वय समिती बीच ऋण सम्झौता समेत भएको छ ।
नेपाल सरकारले मंसिर दोस्रो साता मन्त्रिपरिषद् बैठकबाट जापानले दिने ऋण सहायता स्वीकार गर्ने निर्णय गरिसकेको थियो ।
सम्झौता सँगै नेपालमै पहिलोपटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ । योजनाअनुसार काम भए अब काठमाडौंबाट नौबिसे पुग्न २० मिनेट मात्र लाग्ने छ ।
स्केच अनलाईन खबरबाट साभार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?