सन् २०२० को टोकियो ओलम्पिकको खर्च १५ अर्ब डलर, कटौतिका लागि निरन्तर छलफल

जापान । सन् २०२० मा टोकियोमा हुने ओलम्पिक तथा पारा ओलम्पिक खेलको तयारी गरिरहेका चार संगठनका शीर्ष अधिकारीहरुले ओलम्पिकको लागत क मगर्नका लागि चरणवद्ध छलफल थालेका छन् ।

टोकियो महानगरका गभर्नर युरिको कोइके, टोकियो आयोजना समितीका अध्यक्ष योशिरो मोरी, खेलकुद मन्त्री तामायो मारुकावा र अन्तर्राष्ट्रिय ओलम्पिक समितीका उपाध्यक्ष जोन कोट्सले टेलकन्फ्रेन्स मार्फत् बैठक गरेका छन् ।
टोकियो ओलम्पिक आयोजना समितीले कुल लागतको अनुमान गरेको छ । जस अनुसार १८ खरब ऐन अर्थात् १५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । यो पहिलो पटक ठोस आँकडा जारी गरिएको हो ।
गभर्नर कोइकेले प्रतियोगिताका लागि नयाँ मैदान निर्माणका लागि पनि योजना बनाइएको बताएका छन् । पछिल्लो पटक यी चार अधिकारीहरुका बीचमा भएको छलफलमा कोइकेले यो योजना पनि प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?