जापान । अमेरिकी सेनाले प्रयोग गर्दै आएको हजारौं हेक्टर जमिन जापानलाई फिर्ता गर्ने भएको छ ।

सन् १९७२ देखि अमेरिकी सेनाको नियन्त्रणमा रहेका जमिन बिहीबार फिर्ता गर्ने सहमति भएको हो ।
ओकिनवामा रहेको चार हजार हेक्टर जमिनमा अमेरिकी सेनाले तालिमममा प्रयोग गर्ने गरेको थियो ।
जापानी प्रधानमन्त्री सिन्जो आवे र जापानका लागि अमेरिकी राजदूत क्यारोलिन केनेडीबीच जमिन फिर्ता गर्ने सहमति भएको हो ।