टाेकियाेकाे एक विद्यालयमा प्रदर्शन भयाे नेपाली चलचित्र ‘बिजुली मेशिन’

जापान ।जापानकाे टाेकियाेस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयमा  मेशिन, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानकाे अायाेजनामा  नेपाली चलचित्र ‘बिजुली मेशिन’ प्रदर्शन गरिएकाे छ ।

युवा तथा बालबालिकाका लागि निक्कै प्रेरणादायी मानिएकाे ‘बिजुली मेशिन’ चलचित्र दुइ विज्ञान संकायका विद्यार्थीकाे संसर्गमा अधारित चलचित्र हो ।

झण्डै १ घण्टा ४५ मिनेटकाे साे चलचित्र हेरेपश्चात एभरेष्ट इन्टरनेशलन स्कूलका विद्यार्थीहरूले चलचित्र निक्कै प्रेरणादायी भएकाे तथा चलचित्रमा समावेश गरिएका विषयवस्तु उचित भएकाे टिप्पणी गरेका थिए ।

साथै स्कुलका प्राचार्य प्रदिप थापाले चलचित्र विद्यार्थीका निम्ती निक्कै उचित तथा प्रेरणामुलक भएको बताएका छन ।

साे अभियानका अभियानकर्ता क्लिनिकल मनोबिद डा.बिजय ज्ञवालीले ‘बिजुली मेशिन’ सकरात्मक सन्देश बोकेको फिल्म भएकोले बिद्यार्थीमाझ प्रदर्शन गरिएको बताएका छन् ।

साथै उनले सकरात्मक धारणा बाेकेकाे अाफ्नाे यस अभियानले सदा सकारात्मक साेचकाे पक्षपाेषण गर्ने बताएका छन् ।

उनले कार्टुन र भिडियाे गेमकाे कारण स्क्रिनकाे सहि प्रयाेगमाथि बहस चलिरहेकाे समयमा यथार्थबादी चलचित्र ‘बिजुली मेशिन’काे प्रर्दशन निक्कै प्रभावमुखी बनेकाे बताएका छन् ।

कार्यक्रममा अयाेजक टिमलाइ रिमिटेन्स ,जे .एम .इ रेमिट ,सिटी ट्रावल एन्ड टुर र मैले नगरे कसले अभियानले इभेन्ट सहयोगीको रूपमा काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?