
जापान । जापानको एउटा कम्पनीले सोलार जडित ज्याकेट बजारमा ल्याएको छ ।
२ हजार ४ सय ८० डलर पर्ने सो ज्याकेट जापानी युवा डिजाइनर जुन्या वातानाबेले डिजाइन गरेका हुन् ।
एफडब्ल्यु–१६ नाम दिइएको ज्याकेटमा त्यस्तो उपकरण जडान गरिएको छ, जसले सुर्यको किरण लिन्छ र सजिलै स्मार्ट फोन चार्ज गर्छ । हालै बजारमा ल्याइएको ज्याकेट पुरुषहरुका लागि हो ।
वातानाबेलले चाँडै युवतीहरुका लागि विकिनी पनि तयार गर्दैछन्, जसमा पनि सोलारको सुविधा रहने छ ।