जापान । जापानको ओनिकावा प्रान्तमा दुर्घटनामा परेको अमेरिकी सैन्य अड्डाको आस्प्रे यान पुन संचालनमा आएको छ ।

गत साता ओनिकावाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको ओस्प्रेको सबै उडान रद्ध गर्न माग गरिएता पनि पुन संचालनमा ल्याईएको छ ।
जापानको रक्षामन्त्रालयले अमेरिकी सैन्य अड्डाको टिल्ट-रोटर ओस्प्रे यान सुरक्षाको प्रत्याभुती नभएसम्म संचालनमा ल्याउन रोक लगाएको थियो ।
सैन्य अधिकारीहरुले यान्त्रिक गडबढीको कारण विमान दुर्घटनामा परेको बताउदै ओनिकावामा आस्प्रेको उडान पुन सुचारु गर्न आग्रह गरेका हुन् ।
तर ओनिकावाका स्थानिय नागरिक तथा गभर्नर ताकेशी ओनागाले भने आस्प्रेको पुन:संचालनको कडा आलोचना गरेका छन् ।