घुस लिएको पुष्टि भएपछि जापानका यूवा मेयरले राजीनामा दिए

जापान । जापानको केन्द्रिय सहरका मेयरले सोमवार राजिनामा दिएका छन् । सन् २०१३ मा उनी विधान सभाको सदस्य हुँदा घुस लिएको कुरा सोमवार प्रमाणित भएपछी उनले राजिनामा दिएका हुन् ।

मिनोकामोका ३२ वर्षीय हिरोतो फुजी सन् २०१३ को जुन महिनामा जापानको सबैभन्दा कम उमेरको मेयर बनेका थिए ।

तर उनलाई घुस लिएको आरोप लागेपछि नागोयाको अदालतले छानविन गरेपछि १८ महिनाको जेल सजाय, ३ वर्षको लागि बर्खास्त साथै ३००,००० जापानी येन जरिवानाको संजाय सुनाएको थियो ।

अदालतले त्यस्तो सजाय सुनाए लगत्तै उनले सर्वोच्च अदालातलाई पुन: छानविन गर्न अनुरोध गर्दै पछिल्लो महिनामा फुजीले सहरको विधानको बैठकमा आफुले राजिनामा दिने र जनवरी २९ मा हुने मेयरको अर्को निर्वाचनको लागि तयारी थाल्ने बताएका थिए ।

फुजीले सहरका स्कूलहरुमा शुद्द पानी पिउने वातावरण सिर्जना (installation of a water-cleaning system) गर्नको लागि केन्द्रिय सरकारबाट ३००.००० येन प्राप्त गरेको अदालतले जनाएको छ ।

विधानको बैठकमा फुजिले डेपुटी मेयर भएर सहरको कार्यकारी भएर जनताको सेवा गर्ने समेत बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?