विपनामै स्वर्ग हेर्न चाहानुहुन्छ भने जापानको हाकोदेते आउनुस् (भिडियो सहित )

जापान । हाकोदेते अर्थात जापानको प्रख्यात पर्यटकीय नगरी जहाँ यतिवेला क्रिसमस मनाउन सडक तथा टोल र नगरहरु बेमज्जासंग सिंगारिएका छन् ।

लगभग ५० हजार प्रकाशका रंगीविरंगी किरणहरुले जब हाकोदेतेको आकाश झिलिमिली पारिन्छ तब त्यो ठाउँ सपनाको स्वर्ग जस्तै जस्तै देखिने गर्छ ।
त्यहि सपनाको स्वर्ग हेर्न संसारभरबाट मानिसहरु जापानको हाकोदेतेमा आउने गर्छन् । जहाँ सहरका गल्लि देखि घरका आँगन तथा छतहरुमा रंगीविरंगी क्रिसमसका रुखहरु सजाएर राखिएका हुन्छन् ।

क्रिसमसको समयमा हाकोदेते क्षेत्रमा घुम्न आएका पैदलयात्रीहरुलाई बाटोका गल्लिहरुमा तातो तातो सुप खुवाउनको लागि बेग्लै स्टलहरु राखेर मानिसहरु बसिरहेका हुन्छन् ।
आसपास आगो बालेर रमाईलो गर्ने देखि वाईन पिउँदै नाच्दै गाउँदै हजारौ मानिसहरु रमाईलो गरिरहेका दृश्यहरुले हाकोदेते क्षेत्र थप मनमोहक बनाएको हुन्छ ।

आफ्नो घर भन्दा बाहि गएर सामुहिक रुपमा गरिने रमाईलो तपाईले हाकोदेतेमा पाउनुहुनेछ नै साथै पुरातात्विक सम्पदाहरुको अवलोकन र नजिकै रहेको क्युनुमा क्युसी राष्ट्रिय निकुन्जको अवलोकन हाकोदेतेको खासियत नै मानिन्छन् ।
त्यतिमात्र होईन हाकोदेतेमा आईसक्रिम खानको लागि सफ्ट क्रिम स्ट्रिट नै खोलिएको छ जहाँ प्रशस्त डेरी मिल्कका प्रख्यात परिकारहरु खान पाईन्छन् ।
उसैपनि हाकोदेते लाई प्रख्यात खानको सहर भनेर पनि चिनिने गरिन्छ । वरिपरिबाट समुन्द्रले घेरिएको हाकोदेतेमा खानेकुरामा प्रख्यात भनेको ताजा समुन्द्री माछा र समुन्द्री जीव तथा विरुवाबाट बनाईएको स्पेशल सुप अर्थात हाकोदेते रामेन हो ।

हाकोदेतेको अर्को प्रख्यात चिज भनेको आईस फेस्टिवल जहाँ हिउँका थुर्प्रोहरुमा चिप्लेटी खेलेर रमाईलो गरिने गरिन्छ । हरेक वर्षको फेब्रुअरी ६ देखि सुरु हुने यो प्रख्यात पर्वमा बच्चा देखि प्रौढ मानिसहरु आईसमा चिप्लेटी खेल्न मरिहत्ते गरेर आउने गर्छन् ।

त्यस्तै सबैभन्दा प्रख्यात भनेको हाकोदेते हिमाल पनि हो । क्रिसमसमा रंगीविरंगी भएर दुलही जस्तै सजिएकी हाकोदेते सहरलाई पूर्ण रुपमा हेर्न हाकोदेते हिमाल चढ्ने गरिन्छ ।  हाकोडेट सहरको सबैभन्दा राम्रो तस्विर त्यहि हिमालबाट खिच्न सकिन्छ भनेर पछिल्लो समय जापानिज ट्राभल एजेन्सीले घोषणा नै गरिदिएको थियो ।

 

https://youtu.be/cEgcTOPLkjk?list=PLf0g-fHj7LilChcmFouRV6kk-UGrIP4y1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?