जापान । जापानका सम्राट अकिहितोले आफ्नो जन्मोउत्सव पुर्व सोमबार आयोजना गर्न लागिएको प्रीती भोज रद्द गरेका छन् ।

रुघाखोकीका कारण विरामी परेका सम्राटले जन्मोउत्सव समारोहको पुर्वसन्ध्यामा राखिएको प्रीतीभोजको आयोजना नगर्ने निर्णय गरेका हुन् ।
सम्राट अकिहितो शुक्रबार ८२ वर्ष पार गरि ८३ औं वर्षमा पार्इला टेक्दै छन ।
आईतबार आयोजित समारोहमा प्रधानमन्त्री शिंजो आवे सहित देशका अन्य उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
यसै क्रममा सम्राट अकिहितोले एक भिडियो सन्देश मार्फत वृद्धा अवस्था तथा विग्रदो स्वास्थ्यको कारण आफ्नो राजगद्धीको जिम्मा आफ्नो जेष्ठ छोरालाई सुम्पन चाहेको बताएका छन् ।
राजकुमार अकिहितोको ईच्छलाई पुरा गर्ने अभिप्रायले जापानका सरकारीस्तरका कानुनी विज्ञहरुको समुह मार्फत सम्राट तथा उत्तराधिकारिसंग सम्बन्धित कानुनी प्रक्रियालाई हल गर्ने गृहकार्य भैरहेको छ।