चीनमा हिट भयो जापानी चलचित्र, कमायो ७६.१६ मिलियन डलर (भिडियो सहित)

जापान । चीनमा जापानी चलचित्र ‘तिम्रो नाम ‘ (your name)अत्याधिक मात्रामा रुचाईएको छ । प्रेमकथामा आधारित एनिमेटेड चलचित्र चीनका युवाहरुमा ब्लकबस्टर हिट भएको हो।

बक्स अफिसमा सो चलचित्रले ७६.१६ मिलियन डलर व्यापार गरेर सन् २०१५ मा “Stand By Me Doraemon,  3-D चलचित्रले गरेको व्यापारलाई पछाडी पारिदिएको छ ।

माकोटो शिनकाई द्वारा निर्देशित सो चलचित्र जापानमा डिसेम्बर २ मा रिलिज भएको थियो। हाईस्कूलमा पढिरहेका यूवा युवतीहरुको कथामा आधारित सो चलचित्र जापानमा भने पछिल्लो अगष्ट महिनामा रिलिज गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?