क्रिष्टियानो रोनाल्डोले यसरी बनाइदिए जापानी क्लब काशिमाको सपना चकनाचुर

जापान । रियल म्याड्रिडका क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल मड्रिडले क्लब विश्वकपको उपाधि मात्रै जितेन जापानको काशिमा एन्तोराजको उपाधि जित्ने सपना चकनाचुर भयो । जापानी क्लब कासिम अन्टलर्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो ।

आइतबार बेलुका भएको फाइनलमा रोनाल्डोले निर्धाति ९० मिनेटको खेलमा एक तथा अतिरिक्त समयमा दुई गोल गरी रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

उनको ह्याट्रिक मद्दतमा क्लब विश्वकप रियलको हालमा पुग्यो । ३१ वर्षका रोनाल्डोले क्लब विश्वकपको उपाधि जितेपछि भने ‘वर्षको विदाइका लागि हामी यो ट्रफी मनैदेखि चाहन्थ्यौं, त्यो पूरा पनि भयो । मैले फाइनलमा तीन गोल गर्छु भन्ने लागेको थिएन । तर त्यो सम्भव भयो, रियल मड्रिडलाई उपाधि जिताउन माध्यम बन्न पाएँ ।’
जापानको योकाहामास्थित निशान रंगशालामा भएको खेलमा रियलका कारिम बेन्जामले गोल गर्दै अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर कासिम अन्टलर्सका सिबास्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । दास्रो हाफको ६० औं मिनेटमा पनि सिबास्कीले गोल गर्दै कासिललाई अग्रता दिलाएका थिए ।

तर रानोल्डोले ६० औं मिनेटमा गोल गर्दै खेल फेरि बराबरी बनाएका थिए । अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै रियललाई अग्रता दिलाए । रोनाल्डोले नै पुन १०४ औं मिनेटमा गोल गर्दै रियललाई उपाधि दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?