टोकियो ओलम्पिक खेलकुदको लागत खर्च ८.४ विलियन डलर

जापान । जापानमा सन् २०२० मा आयोजना हुने ओलम्पिक तथा प्याराओलम्पिक खेलकुदको लागत खर्च १५.२ विलियन डलर हुने ओलम्पिक आयोजक समितिले बताएको छ ।

आयोजक समितिले ओलम्पिक खेलकुदको सुरुवाती योजनालाई सफल बनाउन लागत मुल्य मध्यको धेरै खर्च हुने बताएको छ ।
तर ओलम्पिक खेलकुद आयोजक समितिले टोकियो महानगर स्थित रहेको स्थानीय सरकारलाई ८.४ बिलियन डलर रकम खेलकुद सफल बनाउन लगानी गर्न अनुरोध समेत गरेको छ ।

सहयोगका लागि गरिएको सो अनुरोधलाई केन्द्रिय सरकार समक्ष प्रस्ताव समेत गरिएको जनाईएको छ । उनीहरुका अनुसार ओलम्पिक खेलकुदका लागि आवश्यक रकम मध्य ७० प्रतिशत रकम अस्थाई सुविधा निर्माणको लागि लगभग २ विलियन डलर खर्च गर्न तयार भएको बताएका छन् ।

उनीहरुका अनुसार ओलम्पिक खेलकुदमा खर्च हुने व्यक्तिगत तथा संस्थागत विविध खर्चको लागि ९३० मिलियन देखि २.९ विलियन डलर खर्च हुने बताएका छन् ।
केन्द्रिय सरकारलाई गरिएको प्रस्तावमा भने स्थानीय सरकारहरुले कति आर्थिक भार भोग्नुपर्ने भन्ने बारेमा भने उल्लेख भएको छैन ।
पछिल्लो महिना खेलकुद आयोजक समिति, टोकियो महानगरीय सरकार तथा अन्तराष्ट्रिय ओलम्पिक खेलकुद कमिटि र केन्द्रिय सरकार बिच संयुक्त बैठक बसेको थियो ।
त्यो बैठकले ओलम्पिक खेलकुद संचालन गर्न लाग्ने खर्च १७ विलियन डलर भन्दा कम लाग्ने अनुमान गरिएको थियो ।त्यतिवेला अन्तराष्ट्रिय ओलम्पिक खेलकुद कमिटिले सो रकमलाई अत्याधिक धेरै भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?