जापान सरकारद्धारा मोन्जु प्रतिष्ठान नष्ट गर्ने निर्णय

जापान । जापान सरकारले जापानको फुकुई प्रान्तमा रहेको माेन्जु प्रतिष्ठान पुर्ण रुपमा नष्ट गर्ने योजना बनाएको छ ।

मोन्जु प्रतिष्ठानलाई संचालन गर्न समय र खर्च धेरै लाग्ने भएकाले जापान सरकारले आणविक ईन्धनको निष्काशन तथा सोडियम फ्रिज निकासी सहित रिएक्टरलाई पनि पुर्ण प्रतिबन्ध गर्ने याेजना बनाएकाे हाे ।

मोन्जु रिएक्टरलाई लिएर जापानको सुरक्षा क्षेत्रमा समस्या सिर्जना भएको अनुभुती पश्चात यस्तो निर्णय लिईएको हो ।

आउने साता आणविक उर्जासंग सम्बन्धित क्याविनेट मन्त्रीहरुको वैठक आयोजना गरिने भएको छ । प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगा , विज्ञान मन्त्री हिरोकाज़ु र उद्योगमन्त्री हिरोशिगे सेकोले सहभागिता जनाउने सो वैठकको माध्यमबाट माेन्जु प्रतिष्ठानकाे अन्तिम निर्णय लिर्इने आशा गरिएको छ ।

मोन्जु प्रतिष्ठानको निर्माता जापान परमाणु उर्जा एजेन्सीले अघिल्लो वर्ष सम्ममा रिएक्टरलार्इ पुर्ण रुपमा नष्ट गर्नको लागि योजना तथा दलको निर्माण गरिएकाे  जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?