जापानमा रेलयात्रा गर्नेहरुलाई शिष्टाचार सिकाउन युवतीहरुले गरे यस्तो अभिनय (भिडियो सहित)

जापान । जापानका रेलहरुमा यात्रा गर्दा मानिसहरुले गर्ने व्यवहारहरु हेर्दा तपाईहरुलाई अलिकता अफ्ठेरो लाग्न सक्छ । त्यस्तै व्यवहारलाई लिएर निसी निप्पोन रेलमार्ग निर्माता द्वयले दुई जना जापानी स्कूले छात्राहरुको बारेमा एक भिडियो विज्ञापन बनाएका छन् ।

ती छात्राहरु जसले रेलमा यात्रा गर्दा जसरि एउटा सिटमा बस्नको लागि हंगामा मच्चाए त्यसको बारेमा उनीहरुले कथामा उल्लेख गरेका छन् । रेलमा यात्रा गरिरहेका मानिसहरुका अगाडी सिट नपाएका दुई केटीहरुले हावामा सिटमा बसेको जस्तो गरि एकछिन नाटक गरिरहेका हुन्छन् ।

उनीहरुको अभिनय रेलमा सवार सबै यात्रुहरुले हेरिरहेका हुन्छन् । सिटमा बसेको जस्तो गरि उनीहरुले एकले अर्कालाई धक्का दिंदै उभिएर नै बस्छन् । अन्तत उनीहरु दुवैजना लड्छन् ।

उनीहरुको त्यो अभिनय पश्चात केहि छिनमा उनीहरुले रेलमा सिट पाउँछन र बसेर यात्रा गर्छन् । यसरी रेलको सिटमा बस्नको लागि स्कूले छात्राहरुले गरेको अभिनय यतिवेला चर्चाको शिखरमा पुगेको छ ।

निसी निप्पोनले दुई युवतीहरुको अभिनयलाई देखाएर बनाएको त्यो विज्ञापनको उदेश्य भनेको जापानको रेलमा मानिसहरु भद्र तरिकाले बस्ने गरेको र शिष्ट तरिकाले रेलमा बस्ने हो भने सबै यात्रुहरुले सिट प्राप्त गर्न सक्छन् भनेर देखाउनु रहेको बताएको छ ।

निसी निप्पोनले रेलमा यात्रा गर्ने सबैलाई शिष्टाचारको बारेमा पाठ पढाउन तयार गरिएको सो भिडियो विज्ञापनलाई धेरैले रुचाएका छन् ।

थप भिडियोमा देख्न सकिन्छ 

https://youtu.be/EYicZYx8VZ8

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?