आस्प्रेको दुर्घटनाप्रति ओनिकावाका गभर्नरद्धारा कडा विरोध

जापान । जापानकाे ओनिकावा प्रान्तका गभर्नर ताकेशी ओनागाले अमेरिकी सेनाको आस्प्रे टिल्ट-रोटर वायुयानको दुर्घटनाप्रति कडा विरोध प्रकट गरेका छन् ।

 मंगलबार राती आपतकालिन अवस्थामा जापानको ओनिकावा प्रान्तकाे  सामुद्रिक तटमा उत्रिएकाे विमान दुर्घटनाग्रस्त भएको थियो ।

ओनिकावाका गभर्नर ताकेशी ओनागाले  जापानका रक्षामन्त्री तोमोमी ईनादासंगको भटवार्तामा यस्तो बताएका हुन् । उनले विमान दुर्घटनाले आफुलाई स्तव्ध बनाएको बताउदै सो विमान ओनिकावामा संचालन गर्न नहुने बताएका छन् ।

साथै अाेनागाले ओनिकावा प्रान्तमा आस्प्रेकाे उडान तत्काल रोक्न तथा विमानको सम्पुर्ण उडान रद्ध गर्न आग्रह गरेका छन् ।

जवाफमा रक्षामन्त्री इनादाले रक्षा मन्त्रालयको आवासीय क्षेत्र नजिक भएको सो दुर्घटनाको बारेमा सम्पुर्ण जानकारि एकठ्ठा गरि यथासक्य चाँडाे निष्कर्ष निकालिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?