जापानको कासिम एन्टलर्सले क्लब विश्वकपको उपाधिकालागि रियल म्याड्रिसँग भिड्ने

जापान । जापानमा सम्पन्न फफा क्लब वल्डकपको सेमिफाइनलमा क्लब अमेरिकालाई पराजित गर्दै रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ ।

बिहीबार राति जापानको योकोहामा स्टेडियममा भएको खेलमा रियल मड्रिडले क्लब अमेरिकालाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । रियललाई जिताउन पहिलो हाफको अतिरिक्त समयमा करिम बेन्जामले गोल गर्दै रियललाई अग्रता दिलाए ।
त्यस्तै दोस्रो हाफको अतिरिक्त समयमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले विजयी गोल गर्दै रियललाई फाइनलमा पुर्याए । रियलले आइतबार फाइनलमा जापानको कासिम एन्टलर्ससँग खेल्नेछ ।

त्यस्तै प्लेन दुर्घटना भएर ज्यान गुमाएका ब्राजिलका खेलाडीको सम्झानामा खेल सुरु हुनु भन्दा अघि एक मिनेट मौन धारण गरिएको थियो । फिफा क्लब वर्ल्डकप कपमा पहिलो पटक भिडियो रिफ्रीको प्रयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?