जापान–रुसबीच हट स्प्रिङ वाटर रिसोर्टमा सुरु भयो शिखर वार्ता, ७० वर्षे विवाद समाधान हुने विश्वास

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबे र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ७० वर्ष लामो विवाद समाधानको प्रयास सुरु भएको छ । चार जापानी द्धिपहरुका बारेमा दुई देशका बीच विवाद रहदै आएको छ । बिहीबार यामागुची प्रान्तको हट वाटर स्प्रिङ रिसोर्टमा दुई देशका शीर्ष नेता सहितको शिखर बैठक  भएको हो ।

बैठक भन्दा पहिले संवाददाताहरुसँग संक्षीप्त प्रतिक्रिया दिदै जापानी प्रधानमन्त्री आबेले हट स्प्रिङ वाटरमा वार्ता गर्नुको अर्थ तातो बहस हुने र आपसी हितमा केन्द्रीत हुने भन्ने रहेको बताए । पुटीनले आफुहरु थप सहमति र एकताको पक्षमा रहेको बताए ।

दुई दिने शिखर वार्तामा प्रधानमन्त्री आबेले लामो समयदेखि जारी विवाद समाधानको खास योजना प्रस्तुत गर्ने छन् । क्षेत्रिय विवाद समाधानका लागि जापानी चार द्धिपहरुमा आर्थिक सहायताको योजना ल्याउने जापानी लक्ष्य छ ।

आबेले यही विवाद समाधानका लागि पुटिनलाई शिखर वार्तामा बोलाएका हुन् । क्रिमिया रुसमा विलय गराएपछि जापान सहित जि–८ का देशहरुले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्था छ । पुटिनले जापानसँग पहिलो पटक शिखर वार्ता गर्दै छन् ।

जापान तथा रुसको क्षेत्रिय विवादका बारेमा पुस्तक लेखेका ठोकियो विश्वविद्यालयका प्रोफेसर जेम्स ब्राउनले यो बैठक दुई देश बीचको विवाद समाधानका लागि असाधारण भएको बताउँछन् ।

उनले आबेको योजनाले रुससँगको विवाद समाधान मात्र हुने नभै दुई देश बीचमा नयाँ सहकार्यको थालनी हुने समेत बताउँछन् ।

रुसी राष्ट्रपति पुटिन जापान आउन दुई घण्टा ढिलो भएका कारण बैठक पनि ढिला नै सुरु भएको थियो । जापानका अधिकारीहरुले राष्ट्रपति पुटिनको प्रस्थान तोकिएकोे समय भन्दा केहि ढिलो हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?