काम गर्ने भिजा दिन्छु भन्दै नेपाली विद्यार्थीलाई ठग्ने जापानमा पक्राउ(भिडियो सहित)

जापान । जापान प्रहरीले नेपाली विद्यार्थीलाई ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । अध्ययनको लागि जापान आएका नेपाली विद्यार्थीलाई काम गर्ने भिजा उपलब्ध गराईदिने प्रलोभन देखाएर पैसा समेत असुलेका व्यक्तिलाई जापान प्रहरीले गिरफ्तार गरेको हो । नेपाली विद्यार्थीलाई आफ्नै कम्पनीमा काम लगाईने भन्दै आश्वासन दिएका आचुउआ एरिक ज्युउमोआलाई प्रहरीले गिरफ्तार गरेको हो

घानाका नागरिक ३५ बर्षिय एरिक ईभेन्ट कम्पनीका मालिक हुन् । कामदारको भिजा दिने भन्दै उनले हरेक विद्यार्थीहरु बाट ५ लाख बराबरको रकम असुल्ने गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीसंगको अनुसन्धानको क्रममा एरिकले नेपाली विद्यार्थीहरु ईमान्दार तथा राम्रो काम गर्ने भएकाले उनीहरुलाई आफुले आफ्नो कम्पनीमा काम लगाउने आश्वासन समेत दिएर पैसा लिएको स्वीकार गरेका छन ।
समाचार स्रोतका अनुसार एरिकले विद्यार्थीहरु संग मात्र अहिलेसम्म १ करोड भन्दा बढी जापानी रकम असुलीसकेको बताएका छन् ।

गिरफ्तार एरिकलाई सार्वजनिक गर्दै जापान प्रहरीले आगामी दिनहरुमा त्यस्ता माफिया तथा ठगहरुको प्रलोभनमा नफसी जापान सरकारको नियम र कानुनलाई अध्ययन गरेर अघि बढ्न सबै विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।
एरिकले नेपाली विद्यार्थीहरुलाई मध्य नजर गर्दै २ बर्ष देखि ठगीको धन्दा संचालन गर्दै आएको प्रहरीसंगको उनको बयानले प्रष्ट देखाएको छ ।

https://www.youtube.com/watch?v=vSdoV4uR5bw&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?