जापान।गोरखा समाज जापानले आफ्नो प्रथम चिवा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।समाजले डिसेम्बर १४ तारिखमा प्रकाश धमलाको नेतृत्वमा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो ।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय अध्यक्ष चुडामणि भट्टराई र विशेष अतिथि तथा केन्द्रिय महासचिव रविन्द्र श्रेष्ठ, केन्द्रिय सदस्यहरु सन्तोष अधिकारी, बिष्णु तिवारी र जीवन रेग्मीको उपस्थिति रहेको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै अतिथिहरुले समाजको उदेश्य तथा नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम केन्द्रिय सदस्य सन्तोष अधिकारीले संचालन गरेका थिए ।
नयाँ कार्यसमिति नामावली यस प्रकार रहेको छ
अध्यक्ष- प्रकाश धमला
उपाध्यक्ष –अनिता तिवारी
सचिव- तुल प्रकाश लामिछाने
सहसचिव- केशव अम्गाई
कोषाध्यक्ष-रश्मिला भट्ट
सदस्यहरु
गोविन्द ढकाल
संगीता श्रेष्ठ
विनय धमला
रेखा श्रेष्ठ
अंगित अधिकारी
विकाश रेग्मी