जापान । जापान सरकारका प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले जापान लडाकु विमान एफ-३५ हासिल गर्न प्रयासरत रहने बताएका छन्। साथै उनले विमान हासिल गर्ने निती नियममा फेरबदल हुन नदिने बताएका छन् ।

यो भन्दा पहिला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एफ -३५ लडाकु विमानकाे समिक्षा गर्न सक्ने संकेत दिएका थिए ।
प्रवक्ता सुगाले एफ- ३५ विमानको विशेषता तथा कार्यक्षमता उच्च स्तरिय भएको बताएका छन् । साथै उनले जापान अमेरिकासंग नजिक रहेर काम गर्न इच्छुक भएको बताएका छन् ।