विदेशी दक्ष कामदारलाई जापान सरकारले वर्किङ भिजा दिने

जापान । विदेशी दक्ष कामदारहरुलाई लक्षित गरि जापान सरकारले सोमवार देखि वर्किङ भिसा दिने भएको छ । दक्ष कामदारहरु मध्य पनि कृषि पेशामा काम गर्न आउने विदेशीहरुलाई जापान सरकारले उच्च प्राथमिकता दिएर काम गर्ने भिजा दिने भएको हो ।

जापानको कृषि क्षेत्रमा उल्लेखनीय योगदान र प्रतिफल आओस भन्ने उदेश्यले विदेशी कामदारलाई पनि जापानको कृषि क्षेत्रमा समावेश गर्ने उदेश्य जापान सरकारले लिएको जापानी प्रधानमन्त्री सिन्जु आवेले बताए । प्रधानमन्त्री आवेले राष्ट्रिय योजना आयोग समितिको सल्लाहकार हरुको बैठकमा सो कुरा बताएका हुन् ।
जापानी भाषाको राम्रो ज्ञान साथै कृषि विषयको अध्ययन गरेका विदेशी नागरिकहरुलाई जापानी सरकारले उच्च प्राथामिकता दिंदै वर्किंग भिजा दिने सरकारको योजना रहेको बताईएको छ । त्यसरी भिजा प्राप्त गर्ने विदेशीहरुले जापानी नागरिक सरहकै सेवा तथा सुविधा प्राप्त गर्ने समेत सरकारले बताएको छ ।

जापान सरकारले सुरुवातमा कामदारको कोटा र संख्या निश्चित गरि इबाराकी,आइची, अकिता र नागासाकी प्रान्तका निश्चित कृषि क्षेत्रमा दक्ष विदेशी कामदार ल्याउन पाउने गरि अनुमति दिएको हो ।
जापानमा क्रियाशील जनशक्तिको अभावलाई कम गर्न जापान सरकारले दक्ष विदेशी कामदार लाई आफ्नो देशमा भित्राउन त्यस्तो नीति अवलम्बन गरेको विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?