जापान । जापानका विदेशमन्त्री फुमियो किशीदाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा जापानका प्रधानमन्त्री शिंजो आवेविच हुने शिखर सम्मेलन पुर्व नै जापानले रुससंग क्षेत्रीय विवादमा छलफल गरिरहेको बताएका छन् ।

जापानका प्रधानमन्त्री शिंजो आवे तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार जापानको पश्चिमी प्रान्त यामागुची तथा शुक्रबार टोकियोमा भेटवार्ता गर्ने भएका छन् ।
उनीहरु विचको भेटवार्तामा विवादास्पद उत्तरी क्षेत्रका चार द्धिपमाथि छलफल हुनेछ । रुसद्धारा नियन्त्रीत सो चार द्धिपलाई जापानले आफ्नो दावा गर्दै आईरहेको छ ।
किशीदाले पत्रकार समक्ष आगामी शिखर सम्मेलनबाट समस्यालार्इ पूर्णतया समाधान गर्न नसकिए पनि केहि हदसम्म प्रगतिको आशा गरिएको बताएका छन् ।