जापान । नयाँ वर्ष २०१७ को अवसरमा जापान नेपाली एकता समाजले जापानको ओसाका तथा टाेकियाेमा भव्य सांकृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

जापान नेपाली एकता समाजले आयोजना गर्ने सांगीतिक कार्यक्रम “नयां वर्ष २०१७ सांगीतिक सांझ”मा अाफ्नाे दमदार प्रस्तुती दिन जनगायक जिवन शर्मा सहित चर्चित राष्ट्रिय लोक दोहोरी गायक विष्णु खत्री र गायिका मुना थापा जापान आउने भएका छन् ।
उनीहरुका साथमा कुशल उद्घोषक,सल्लाहकार एवंम प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष नारायण शर्मा पनि जापान आउने भएका छन् ।
जापान नेपाली एकता समाजले नयाँ वर्ष २०१७ को उपलक्ष्यमा डिसेम्बर ३१ मा ओसाका तथा २०१७ जनवरी १ मा टोकियोमा सांगीतिक कार्यक्रम गर्ने योजना बनाएको छ।
कार्यक्रममा असहाय तथा दिनदु:खीकाे मुक्तिको गीत गाउदै हिड्ने कुशल गायक तथा सांस्कृतिक अभियानकर्ता जिवन शर्मा सहित अन्य चर्चित नेपाली कलाकारको साथमा जापानमा रोजगारत रहेका नेपालीहरुको पनि सांगितीक प्रस्तुती रहने छ ।
सिड ओसाका वासिङटन होटल प्लाजामा ३१ डिसेम्बर २०१६ का दिन साँझ ५ बजेदेखि आयोजना हुने सो कार्यंक्रममा नेपाली कला, संस्कृति झल्किने नौमती बाजाको धुन प्रस्तुत गरिने भएकाे छ ।
आयोजक जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भीम केसीले नयाँ वर्ष २०१७ को अवसरमा आयोजित सो कार्यक्रलार्इ अविस्मरणिय बनार्इने बताएका छन् ।
जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटाले गत वर्ष पनि भुकम्पबाट पिडीत बनेका नेपालीहरुलाई स्वदेशमा आइ सहयोग गरेको अवगत गराउदै यसपालि पनि सो सांगीतिक कार्यक्रमबाट सहयोग जुटाएर बाढी,पहिरो र डुबानबाट पिडित बनेका नेपाली जनतालाई सहायता पुर्याउने बताएका छन् ।
साथै उनले जापानको ओसाका तथा टोकियोमा आयाेजना हुने सांकृतिक कार्यक्रममा सहभागी भईदिन सम्पुर्ण जापानवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।