मथुरादेविको दाहसंस्कारका लागि चितवन समाज जापानद्धारा आर्थिक सहयोगकाे अपिल

जापान । चितवन घर भर्इ  जापानको टाेकियो स्थित इताबासीमा बस्दै आएकी ४२ वर्षिय मथुरादेवि भण्डारीको नेपाल आउने क्रममा मृत्यु भए पश्चात चितवन समाज जापानले मृतकको दाहसंस्कार लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ ।

फोक्सोको क्यान्सर भई हाल जापानमा उपचार गराई रहकी उनले नेपालमै उपचार गराउने योजना सहित नेपाल हिडेकी थिइन् ।

नेपाल आउने क्रममा असामायिक निधन भएकी मथुरादेविको मृत आत्माको चिर शान्तिको कामना गर्दै चितवन समाज जापानले उनको मृत्यु प्रति समवेदना प्रकट गरेको छ ।

यसका साथै एक प्रेस विज्ञप्ति जारी गर्दै समाजले सम्पुर्ण जापानबासी नेपाली समुदायमा स्वर्गीय मथुरादेविको दाहसंस्कार लागि आर्थिक सहयोग गरिदिन विनम्र अनुरोध गरेको छ ।

उनको परिवारले मथुरादेविको उपचारार्थ निक्कै खर्च भएकाले दाहसंस्कारको लागि आवश्यक सहयोग गरिदिन सहयोगको याचना गरेको थियो ।

सहयोगको अपिललाई शिरोपर गर्दै चितवन समाज जापानले जापानमा रहेका नेपाली समुदाय, संघ संस्था सँग सहयोगको अपेक्षा राख्दै चितवन समाज जापानको जापान पोस्ट बैंकको खाता नं १०१००६५५१८१०१ मा सहयोग रकम जम्मा गराईदिन सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?