ओसाकामा महिलालाई रेलको पटरीमा धकेल्ने युवाको खोजि कार्य जारी

जापान । जापान ओशाका प्रहरीले महिलालाई रेलको पटरीमा धकेल्ने मानिसको खोजि गरिरहेको जनाएको छ ।

५३ वर्षीया महिलालाई एक व्यक्तिले साँझ ५ बजे रेलको लिकमा धकेलिदिएका थिए ।

प्रहरीका अनुसार कान्साइ लाइनमा रेल पर्खेर बसेकी ती महिलाई धकेल्दीएर ती युवक भागेका थिए ।

रेल उनी लडेको दुई मिटर अगाडि रोकाइएको थियो । उनी घाइते रहेको र उनको उपचार भइरहको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?