अमेरिकाले गर्यो जापानी प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीचको शिखर वार्ताको यस्तो आलोचना

जापान । अमेरिकाले जापानका प्रधान्त्री सिन्जो आबे र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीचको शिखर वार्ताको आलोचना गरेको छ ।

गत महिना वाशिंटनले आबे– पुटिनको भेटवार्तामा आपत्ति जनाएको थियो । तर जापानले शुक्रबार समिटको आयोजना गरेको छ ।

अमेरिकाले रुसमाथि जापानले ग्रुप अफ सेभेन मार्फत दबाव दिन भनेको छ ।

राष्ट्रपति बाराक ओबामा प्रशासनले क्रिमिया रुसमा गाभिएपछि त्यसको आलोचन गर्दै आएको छ । तर जापानी प्रधानमन्त्री आवे रुसमाथि दवाव नभइ सौहार्द सम्बन्ध बनाउन चाहन्छन् ।

उनी शान्ति सन्धिपछि रुससँगको सम्बन्ध प्रगाढ बनाउने पक्षमा छन् । जापान सरकार टोकियोमा पुटिनसँग सहयात्रा गर्दै अगाडि बढ्ने मुद्धामा केन्द्रित हुने जनाइएको छ ।

जसले गर्दा वाशिंटन र टोकियोबीचको सम्बन्धमा समस्या आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?