अमेरिका। पर्ल हार्बरमा ७५ वर्ष पहिले जापानी सेनाद्वारा गरिएको हमलामा मारिएका सैन्य परिवारका सदस्यहरुले उक्त घटनाको स्मरण समारोहको आयोजना गरेका छन् ।

अमेरिकाको करिब ३ हजार ८ सय पुर्व सैनिक तथा उनका परिवारका सदस्यहरु अमेरिकी हवाई द्धिपमा अवस्थित पर्ल हार्बरमा एकिकृत भएका थिए । ७ डिसेम्बर १९४१ मा भएको हमलामा २ हजार ४ सय भन्दा बढी अमेरिकीको मृत्यु भएको थियो ।
अमेरिकाको प्रशान्त कमानका प्रमुख एडमिरल हैरी हैरिसले उक्त सभाको सम्बोधन गरेका थिए । उनले दोस्रो विश्वयुद्धको दौरानमा अमेरिका तथा मित्रराष्ट्रहरुबाट भएको बलिदानको प्रशंसा गरेका थिए ।
उनले मुस्कील र संघर्षबाट प्रप्त अमेरिकी स्वतन्त्रताको रक्षाका लागि तत्कालिन सेनाले खेलेको भुमिकाको प्रशंसा गरे ।
उनले जापानी सेनाले आफ्नो योजना अनुसार काम गरेको र युद्धका बेला हार जित स्वभाविक हुने बताए ।
यो महिनाको अन्त्यमा राष्ट्रपति बाराक ओबामाले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई उक्त स्मारकमा सँगै लिएर जाने कार्यक्रम रहेको छ । आबे अमेरिकी राष्ट्रपतिका सार्थ उक्त स्थानमा पुग्ने पहिलो जापानी प्धानमन्त्री हुनेछन् ।