डोनाल्ड ट्रम्पको सपथ अघि नै अमेरिकाले गर्यो जापानसँग यस्तो सम्झौता

जापान । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिमा सपथ ग्रहण गर्नुपुर्व जापान र अमेरिकाका बीच द्धिपक्षीय सुरक्षा गठजोडका बारेमा महत्वपुर्ण छलफल गरेका छन् ।

 

जापानी रक्षामन्त्री तोमोमी इनादा र अमेरिकी रक्षा मन्त्री ऐश कार्टरबीच टोकियोमा द्धिपक्षीय सुरक्षा चासोका बारेमा छलफल भएको हो ।
जापानी रक्षामन्त्री इनादाले कार्टरको नेतृत्वमा जापान–अमेरिकी गठजोड गहिरो बन्दै गएको र यो सम्बन्ध थप मजवुद हुने बताए । उनले कार्टरसँग आपसी सहयोग अभिवृद्धिको प्रस्ताव समेत गरे ।
कार्टरले यो गठजोड एशिया प्रशन्त क्षेत्रको स्थिरता मुल कारण रहेको बताएका छन्। उनले यो गठजोडले यो क्षेत्रको सुरक्षामा योगदान गर्ने बताए ।
दुई नेताका बीचमा जापानमा रहेका अमेरिकी सैन्य क्षेत्रको दायरा घटाउने र केही क्षेत्र जापान सरकारलाई हस्तान्तरणका बारेमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?