यस कारण महिना दिन भित्रमा फेरि गर्दैछन् जापानी प्रधानमन्त्री आबेले ट्रम्पसँग अर्को भेटवार्ता

जापान। जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी नवराष्ट्रपति डोनाल्ड ट्रम्प बीच जनवरी २७ तारिखमा अमेरिकामा भेटवार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकानै गएर भेट्ने विदेशी नेताको रुपमा आबेले ट्रम्पलाई भेट्ने भएका हुन् ।

ट्रम्पसंग भेटे लगत्तै आबेले अमेरिकामा रहेका जापानीहरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाईएको छ ।

ट्रम्प सहित अमेरिकी अधिकारीहरु संगको छलफलमा आबे लगायत जापानी उच्चअधिकारीहरुले द्धिपक्षीय सुरक्षा सम्बन्धको बारेमा छलफल गर्नेछन् ।

जापान-अमेरिकी सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा नै भेटवार्ताको मुख्य उदेश्य हुने जापानी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?