जापानमा नेपालीहरुले थाले वैज्ञानिक महाअभियान

जापान । भौतिक विज्ञानका क्षेत्रमा पछिल्लो समयमा नेपालबाट थालिएको एक वैज्ञानिक अभियानले विश्वव्यापी रुपमा क्रियाकलापहरु अगाडि बढाउँदै आएको छ ।

सुरुसुरुमा देशका विभिन्न जिल्लाहरुमा रहेका विश्वविद्यालय, कलेज, विद्यालय, पुस्तकालय, प्रयोगशाला, अनुसन्धानकेन्द्र आदिमा निरन्तर रुपमा परीक्षण कार्यक्रम गर्दै आएको भौतिक शास्त्र पुनर्निर्माण अभियानले देशभित्र र बाहिर सन्जालहरु गठन गर्न थालेको छ ।

यस क्रममा हालै उक्त अभियानको जापान सन्जाल गठन भएको छ । उक्त विश्वव्यापी वैज्ञानिक अभियानले जापान सन्जालमार्फत् जापानका विभिन्न शिक्षण संस्था र अनुसन्धान केन्द्रहरुमा भौतिक शास्त्रसम्बन्धी सचेतना, प्रवचन र परीक्षणहरु प्रदर्शन र सन्चालन गर्ने लक्ष्य राखेको छ ।

जापानमा खोलिएको उक्त सन्जालको संयोजकमा कृष्ण सुवेदी रहेका छन् भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, रमेश कार्की, विकास सुवेदी र भरत केसी रहेका छन् ।

केही वर्षअघि नेपालका केही भौतिक शास्त्री, प्राध्यापक तथा विशेषज्ञहरुको रायसुझावलाई शिरोपर गर्दै थालिएको उक्त अभियानको केन्द्रिय अध्यक्षमा हाल भविन्द्र कुँवर रहेका छन् ।

अभियानले हालसम्म दर्जनौँ भौतिक शास्त्र प्रवचन कार्यक्रम, परीक्षण र सचेतनामूलक कार्यक्रमहरु अघि बढाउँदै आएको छ । नेपालभित्र काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुगं, म्याग्दी, पर्वत, चितवन आदि जिल्लाहरुमा समेत यस अभियानसँग सम्बन्धित कार्यक्रमहरु गरिएको छ ।

नित्तान्त नौला खोजहरु र पत्तालगाइहरुलाई प्रदर्शन र प्रस्तुत गर्ने लक्ष्यका साथ अघि बढेकाले यस अभियानका कार्यक्रमहरु निकै महत्त्वपूर्ण रहँदै आएका छन् ।

अनुसन्धानकर्ताहरुलाई नयाँ विषयहरुको जानकारी दिने र विज्ञानमा परीक्षणात्मक पक्षलाई विशेष जोड दिने उद्देश्यले सजिला र प्राप्य सामग्रीको प्रयोगबाट परीक्षणहरु प्रदर्शन गर्ने र सोको परिणाम सहभागीहरुले सहज रुपमा बोध गर्ने गरी उक्त अभियानले कार्यक्रम सन्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?