जापान, चिन र दक्षिण कोरिया संक्रामक रोगको नियन्त्रणमा लागि पर्न सहमत

जापान । जापान, चिन तथा दक्षिण कोरियाका स्वास्थ्य मन्त्रीहरूले संक्रामक रोग नियन्त्रणको लागि समन्वय कायम गर्ने हेतुले एक बलियो अवधारणामा सहमती जनाएका  छन् ।

जापानका स्वास्थ्य मन्त्री यासुहिसा शिओजाकिले चिनीयाँ समकक्षी लि बिन तथा दक्षिण कोरियाली समकक्षी चुंग चिन योप संग दक्षिण कोरियाकाे पुसानमा भेटवार्ता गरेका थिए ।

सो भेटमा उनिहरुले ईवोला तथा मिडिल ईस्ट रेस्पिरेटरी सिन्ड्रोम यानीकी मर्ज जस्ता संक्रामक रोग विरुद्ध लड्ने तरिकाको बारेमा छलफल गरेका छन्।

केहि पश्चिमी अफ्रिकी देशमा हालै ईवोला जस्ताे खतरानाक रोगको फैलिएको थियो । त्यस्तै दक्षिण कोरियामा संक्रामक मर्स रोगको प्रभाव परेको थियो ।

मन्त्रीहरुले आफ्नो संयुक्त वक्तव्यमा जापान ,चिन तथा दक्षिण कोरिया संक्रामक रोगको नियन्त्रणको लागि सरुवा रोगको नियन्त्रण गर्ने प्रणाली माथि समन्वय स्थापित गर्नु पर्ने विषयमा जोड दिएका छन् ।

साथै उनिहरुले संक्रामक रोगको मामला आएको चिकित्सा संस्थानमा यथासक्य चाँडो सुचना संम्प्रेषण गर्ने संचार प्रणाली स्थापित गर्ने विषयमा पनि सहमती गरेका छन् ।

तिनै देशले संक्रामक रोग लागेका मानिसको यात्रा तथा उनको सम्पर्कमा आउने व्यक्तीको पनि जानकारी प्रदान गर्ने बताएका छन् ।

मन्त्रीहरूले कम जन्मदर तथा वृद्ध अवस्थाका मानिसको स्याहार र अन्य नितीसंग जोडिएका विषयमा पनि विचार विमर्श गरेका थिए ।

 यासुहिसाले ६ वर्ष भित्रमा तिनै देशमा अलग रुपमा आयोजना हुने शीतकालिन खेल तथा टाेकियाे ओलम्पिक तथा पाराओलम्पिकको तयारीको लागि अप्रत्यक्ष धुम्रमान रोक्नको लागि कदम उठाउन सहयोग गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?