जापान । जापान सरकारले टोकियो अोलम्पिक तथा पाराओलम्पिक खेलको आयोजना हुनुभन्दा पुर्व आणविक आतंकवादको विरुद्धमा कदम उठाउन अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए )लाई सहयोग गर्ने बताएको छ ।

जापानको विदेश मामिला उपमन्त्री केन्तारो सोनोउराले आईएईएका महानिर्देशक युकिया आमानोसंग भेटवार्ता गर्ने कार्यक्रम बनाएका छन् ।
साथै सोनाउरा अस्ट्रियाकाे राजधानी भियनामा सोमबारबाट आयोजना हुने आईएईएको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने छन ।
उनले आईएईएका महानिर्देशक आमानोसंगको भेटवार्तामा जापान सरकार आईएईएलाई आणविक आतंकवादको विरुद्धमा लाग्न भरपुर सहयोग पुर्याउने विषयमा छलफल गर्ने बताएका छन् ।