जापान । जापानमा आयोजना गरिएको राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा नेपालका शरद राईले उपाधि जितेका छन् ।

राईले प्रतिष्पर्धी एक जापानी र अर्का नेपालका नै विष्णु भण्डारीलाई पराजित गरेका हुन् । जित हासिल गरे संगै राईले पुरस्कार स्वरूप ११ लाख १० हजार जापानी येन समेत प्राप्त गरेका छन् ।
त्यस्तै राईलाई पछ्याउँदै प्रतियोगितामा अर्का नेपाली विष्णु भण्डारी दोस्रो भएका छन् । भण्डारीले भने पुरस्कार स्वरूप पुस्तक प्रकाशन गर्न पाउने अवसर प्राप्त गरेका छन् ।

अनलाईन भोटका आधारमा हजार जना भन्दा वढी सहभागि प्रतिष्पर्धीहरु बिच राई, जापानी एक युवती तथा भण्डारी फाईनलमा प्रवेश गरेका थिए। उपाधी विजेताका लागि भएको शनिवार आयोजना गरिएको प्रतिस्पर्धामा राईले सहभागिहरू मध्य सबैभन्दा उच्च मत प्राप्त गरेका थिए ।
जापानी भाषामा भएको प्रतिस्प्रर्धामा विजयी राई खोटाङका हुन भने भण्डारी पोखराका स्थायी वासिन्दा हुन।
