टोकियाे ओलम्पिक स्टेडियमको निर्माण कार्य सुरु

 जापान । सन २०२० मा जापानमा आयोजना हुने टाेकियाे ओलम्पिक तथा पाराअाेलिम्पककाे  लागि खेल  स्टेडियमको निर्माण कार्यसुरु भएको छ ।

जापान खेल परिषदले स्टेडियमको निर्माणको लागि टोकियो महानगरीय सरकारसंग अनुमति लिएको थियो ।

जापान खेल परिषदले २०१९ नोभेम्बर सम्ममा सो संरचनाको पुर्ण निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

डिजाइनर केङ्गो कुमाले नयाँ ओलम्पिक स्टेडियमको निर्माण नक्शा तय गरेका छन् । गत बर्षको जुलाईमा जापान सरकारले स्टेडियम निर्माणको जिम्मा विभिन्न डिजाईनरलाई दिएको थियो तर पछि सो योजना अनुमानीत लागत भन्दा महङ्गो भएको भन्दै आलोचना भएको थियो ।

ओलम्पिक स्टेडियमको निर्माण कार्य विहीबारबाट सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?