जापान । टोकियोको शेयर बजारमा बिहीबार रेकर्ड कायम भएको छ भने शुक्रबार यो रेकर्ड तोडिने अनुमान शेयर विश्लेषकहरुले गरेका छन् । नेम्से सुचांकका यो वर्ष दोस्रो पटक सेयर कारोबारले रेकर्ड राख्न सफल भएको हो ।

२२५ अंकले बुधबारको तुलनामा बिहीबार शेयरमा सुधार आउनुका साथै १८ हजार ५१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।
तेल उत्पादनमा कटौती गर्ने ओपेक संगठनको निर्णय र अमेरिकी अर्थतन्त्रको नयाँ परिघटना पश्चात् टोकियोमा विदेशी विनिमय बजारमा अमेरिकी डलरको कारोबार बढ्यो ।
कमजोर बनेको जापानी येनका बाबजुद डलरको कारोबारले बजार बलियो बनेको हो ।
सुत्रका अनुसार बजार खुल्ने वित्तिकै उर्जा र निर्यात सम्बन्धी शेयर खरीद कर्ताको भिड नै लागेको थियो ।