कांग्रेस निकट जनसम्पर्क समिति जापानको कार्यक्रमलाई वरिष्ठ नेता पौडेलले सम्वोधन गर्ने

टोकियो । नेपाली जनसम्पर्क समिति जापानले ‘आन्तरिक प्रशिक्षण’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सांसद राजन केसीको उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको हो ।

जनसम्पर्क समिति जापानको आयोजनामा हुने प्रशिक्षण कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, समर्थक र सुभेच्छुकहरुलाई महामन्त्री रामजंग कार्कीले उपस्थितिका लागि विज्ञप्ति मार्फत अपिल गरेको छ ।

कार्यक्रम हुने मिति, समय र स्थान
मिति:-२०१६/१२/१(बिहिबार)
समय:-दिनको ठिक ४ बजे
स्थान:-गोतान्दा बुन्का सेन्टर(Gotanda Culture Center) 〒141-0031 Tokyo, Shinagawa, 西五反田6-5-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?