ओलम्पिकका लागि टोकियोमा बन्ने भयो थप दुई स्टेडियम

जापान । जापानमा सन् २०२० मा आयोजना हुने टोकियो ओलम्पिका लागि थप दुई स्टेडियम निर्माण हुने भएको छ । आयोजना स्थलको बारेमा समिक्षा गरिरहेका जापानका दलहरुविच दुई खेलको लागि टोकियोमा नयाँ खेल परिसरको निर्माण गर्न सहमती भएको छ ।

सो क्षेत्रमा पानीसंग सम्बन्धित खेलको प्रतिस्पर्धा हुनेछ । तर भलिबलको आयोजना गर्ने स्थलको बारेमा कुनै निर्णय गरिएको छैन ।

सो वैठकमा टोकियो गभर्नर, टोकियो खेल आयोजना समितीका अध्यक्ष ,ओलम्पिक खेलका क्याविनेट मन्त्री तथा अन्तराष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष लगायतले भाग लिएका थिए ।

टोकियो गभर्नर युरिको कोईकेले आयोजना स्थललाई मियागी प्रान्तको कुनै प्रचलित खेल परिषरमा स्थानान्तरण गर्ने बताएकी छिन । सो प्रान्त २०११ मा आएको भुकम्प तथा सुनामीका कारण क्षतिग्रस्त भएको थियो ।

चार दलका प्रमुख नेता विचको वैठकमा मियामी स्थित खेल परिसरलाई प्रतिस्पर्धा भन्दा पहिला आयोजना हुने खेल शिविरको रुपमा प्रयोग गर्ने सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?