जापान । अक्टाेबर महिनामा जापानमा रोजगारी प्राप्तीको अनुपात सुध्रिएर १.४० पुगेको छ । जुन अनुपात सेप्टेम्बर महिनाको अनुपात भन्दा ०.०२ अंकले बढि हाे ।

जापानको श्रम मन्त्रालयले अक्टोबर महिनामा बढेको रोजगारीको अनुपात पछिल्लो २५ वर्षकै सबैभन्दा धेरै भएको बताएको छ ।
साथै मन्त्रालयले रोजगारीको खोजीमा रहेका प्रत्येक १०० व्यक्तिको लागि १४० रोजगारी खुला भएको बताएको छ ।
तर अघिल्लोे महिनाको तुलनामा अक्टोम्बर महिनामा देशको बेरोजगारी दरमा कुनै परिवर्तन नआएको मन्त्रालयले बताएको छ ।