जापान सरकार द्वारा नयाँ आर्थिक वर्षका लागि बजेटको खाका प्रस्तुत

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवेले नयाँ आर्थिक वर्षका लागि बजेट अनुमोदन गरेका छन् । देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवेले उच्चदरको बजेट घोषणा गरेका छन् ।

आगामी २०२० सम्ममा जीडीपीमा ६०० ट्रिलीयन येन अर्थात ५ ट्रिलीयन डलरको दरले वृद्दी गर्ने जापान सरकारले उदेश्य लिएको छ । जापान सरकारले नयाँ आर्थिक वर्षमा साना मसिना योजनाहरुलाई थाति राखेर ठुला  संरचनाहरुको निर्माणमा विशेष जोड दिईने बताएको छ  ।

त्यस्तै सरकारले बालबालिकाको हेरचाह, नर्सिङको सुविधा साथै खोज तथा अनुसन्धानमा विशेष तरिकाले विकास गर्ने योजना बनाएको छ ।
अर्थमन्त्री तारो आसोले बजेटलाई सामाजिक सुरक्षा हासिल गराउने विषयमा विशेष जोड दिने बताएका छन् । साथै उनले त्यस क्षेत्रमा विशेष ध्यान दिन सरकारले ४.५ बिलियन डलर सम्म खर्च गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?