ओलम्पिक खेलकाे माध्यमबाट प्रकाेप प्रभावित क्षेत्रको विकास गर्न कोईकेलाई आग्रह

जापान । पूर्वोत्तर जापानका ६ प्रान्तका नेताले टोकियो गभर्नर युरिको कोइकेसंग २०२० मा आयोजना हुने ओलम्पिक खेलको माध्यमबाट सन २०११ मा आएको सुनामी तथा भुकम्पबाट प्रभावित बनेका क्षेत्रको पुननिर्माणमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।

६ प्रान्तका गभर्नर तथा उपगभर्नरले टोकियो गभर्नर युरिको कोईकेसंग सोमबार भेट गरेका थिए ।

टोकियो खेलबाट २०११ मा आएको सुनामी तथा भुकम्पबाट प्रभावित बनेका क्षेत्रलाई सहयोग मिल्नेमा आफुहरु विश्वस्त भएको उनिहरुले बताएका छन् ।

सो पत्रमा ओलम्पिक खेलको वास्तविक आयोजना भन्दा पहिलाका अन्य आयोजनामा क्षेत्रिय उत्सव तथा परम्परागत कलाको प्रस्तुतिका लागि समय दिन आग्रह गरिएको छ ।

गभर्नरहरुले पुर्वाेउत्तर जापानमा अझ धेरै पर्यटक आकर्षित गर्न सो खेलले महत्वपुर्ण भूमिका खेल्ने बताएका छन् ।

टोकियो गभर्नर कोईकेले यो खेल विश्वलाई सुनामी तथा भुकम्पबाट प्रभावित बनेका क्षेत्रको विकास कसरि भएको भन्ने देखाउन एक अवसर बनेकाे बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?