जापान । पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले २७ नोभेम्बरमा तोचिगी केनमा भव्य कार्यक्रम आयोजना गरि साखा विस्तार कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोबाट आएका प्रतिनिधि केन्द्रिय सदस्यहरुको उपस्थिति र सरोज भेटवालको संयोजकत्वमा पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापान तोचीगि केन स्थापना भएको छ ।
नेपालको पूर्वी भूभागको विकासको लागी जापानमा रहेका नेपालीहरुले सक्दो सहयोग गर्न सकिन्छ कि भन्ने उदेश्य बोकेर भेलामा छलफल भएको आयोजक समितिले जनाएको छ । भेलामा जापानमा लामो समयदेखि बस्दै आएका अग्रजहरुले संयुक्त लगानी र जापानी प्रविधिको प्रयोग गरेर पूर्वी भेगको विकास गर्न सकिने उपायहरु बताएका थिए ।
तोचिगिमा देखिएको पूर्वेली साथीहरुको एकता र केन्द्रिय समिति टोकियो मिलेर पूर्वी नेपाल विकासको लागि विशेष खाका ल्याउने विषयमा पनि छलफल भएको भेलामा सहभागीहरुले बताएका छन् ।
दुई सय भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सुवास लोहनी र संचालन कुमार वनले गरेका थिए । भेला एभरेष्ट सेकुवा रेष्टुरेन्ट तोचिगिमा आयोजना गरिएको थियो ।
नवगठित पदाधिकारिहरुको नामावली यस प्रकार रहेको छ
संयोजक -सरोज भेटवाल, तेह्रथुम
उपसंयोजक – नरेन्द्र बडवाल , झापा
सचिव – युवराज पराजुली ,मोरंग
कोषाध्यक्ष – रुद्र उप्रेती, मोरंग
महेन्द्र थापा- ताप्लेजुंग संयोजक
रत्न बान्तावा -पांचथर संयोजक
ज्ञान बहादुर राई-इलाम संयोजक
तुलसी खद- झापा संयोजक
हरि बहादुर खत्री – सुनसरी संयोजक
दिनेश घिमिरे – मोरङ संयोजक
सुमन बुढाथोकी- संखुवासभा संयोजक
पहरसिंह राई – खोटांग संयोजक
नारायण अवस्थी – झापा
भुवन कार्की झापा
ज्ञानेन्द्र कटवाल झापा