भारतमा एक जापानी महिला बलात्कृत

जापान । भारतको केरेला राज्यमा एक जापानी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२५ बर्षिय तेज पावर नाम गरेका उनलाई प्रहरीले बलात्कारको आरोपमा केरेलाको फम्ड विच रिसोर्टबाट पक्राउ गरेको थियो । बलात्कारको शिकार बनेकी जापानी महिला अझै अचेत रहेको चेन्नाई स्थित जापानी वाणिज्य दुतावासले जानकारी दिएको छ ।

गत बर्ष पनि भारतको जेपुरमा जापानी महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको थियो ।

भारतमा महिला हिंसा दिन प्रति दिन बढेसंगै विदेशी पर्यटकमाथि आपराधका घटनाहरु अत्याधिक हुने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?